कर्पोरेट

बर्जरले ल्यायो रंगोत्सव ग्राहक योजना

इकागज |
भदौ १२, २०७९ आइतबार १३:५ बजे

काठमाडौँ - बर्जर पेन्टस् नेपालले यो वर्षको चाडपर्वमा बर्जर रंगोत्सव ग्राहक योजना ल्याएको छ । भदौ १ गतेबाट मंसिर १० गतेसम्म लागू हुने गरी आउदै गरेको दशैं तिहारका साथै फिफा विश्वकपलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्टस् नेपालले लक्की ड्र पुरस्कार सहितको आकर्षक अफर पनि ल्याएको छ । यस योजनामा सहभागी भइ १५० भन्दा धेरै घरधनीहरुले नगद तथा जिन्सी पुरस्कारहरू जित्न सक्नेछन् ।  


बर्जर पेन्टस् नेपालका कन्ट्री मेनेजर सत्य प्रकाशले भने हामी यो योजनासँगै चाडपर्वको उल्लाससँगै फुटबल जोशलाई जगाउने लक्ष्य राखेका छौं । यो बेला खुसी ल्याउने हाम्रो प्रयासस्वरुप हामीले उत्साहजनक अफरहरु र आकर्षक पुरस्कारहरु त्यो उत्सबलाई दोब्बर पार्न ल्याएका छौं । बर्जरको प्रिमियम उत्पादनहरु वेदरकोट लङलाइफ , वेदरकोट अल गार्ड, सिल्क ब्रिज इजी , सिल्क ल्यामर र सिल्क लक्जरी इमल्सनमा यो योजना लागू गरिएको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत बर्जर पेन्टस्‌को छनौट  रेन्जबाट न्यूनतम ५० हजार रुपैंँया पेन्टस् किन्दा १०० वर्गफिट बराबरको सिल्क इलुजन वाल पेन्ट पक्का पुरस्कार प्रदान गरिनेछ । एक भाग्यशाली घरधनीले लक्की ड्र मार्फत सोनी ७५ इन्चको एलइडी टिभी  बम्पर पुरस्कारमा जित्ने अवसर पाउनेछन् भने २ जनाले सामसुङको ३४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।

त्यस्तै १० जनाले सामसुङको ७.२ किलोको वासिङ मेसिन २० जनाले , सामसुङकै ए ०३७ मोबाइल फोन र ७५ जना भाग्यशाली विजेताले एक्युफिट स्मार्ट वाच जित्न सक्नेछन् । यसका साथै यस योजना अन्तर्गत घरधनीहरुले भर्खरै रंगाएका घरको ताजा तस्विर सामाजिक संजालमा सेयर गरी डिजिटल प्रतियोगितामा भाग लिइ आकर्षक पुरस्कार जित्न सक्नुहुनेछ । विजेताको निर्णय लक्की ड्र बाट हुनेछ भने यसको घोषणा  बर्जर पेन्टस्‌को वेबसाइट र आधिकारीक सामाजिक संजाल मार्फत गरिने जनाएको छ । 

बर्जर रंगोत्सवको थप जानकारी नेपालमा रहेका बर्जर पेन्टसका आधिकारीक डिलरहरूबाट पाउन सकिनेछ । साथै कम्पनीको आफ्नो वेबसाइट र आधिकारीक सामाजिक संजाल प्रोफाइलबाट पनि यसबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ । 


Author

थप समाचार
x