कर्पोरेट

सीजीनेट जोडी र सीजी ग्राण्ड जोडी अफर शुभारम्भ

इकागज |
भदौ १२, २०७९ आइतबार १९:४ बजे

काठमाडौंँ -इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित  आईपीटीभी सेवा सीजीनेट जोडी योजना शुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सीजीनेट  मेगा जोडी र सीजीनेट  ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो ।

यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सीजीनेट र आइपीटीभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटीभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् । भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेनमेन्टको च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पोर्टस च्यानल लगायतका च्यानलहरु हुनेछन् ।  यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सीजीनेटले आफ्ना ग्राहकहरुकालागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सीजीनेट जोडी सेवा शुरु गरेको हो । 


सीजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् ।  स्प्रिण्टर जोडी (८० एमविपिएस प्लस आइपीटीभी) को प्रति महिना ८१०, पपुलर जोडी (१५५ एमविपिएस प्लस आइपीटीभी) को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटीभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ । 

त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टीभीको रु २६४०, पपुलार जोडी  एमवीपिएसको साथमा आइपी टीभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टीभीको ९७२० रुपैयाँ  शुल्क लाग्ने छ । 

यस्तै बार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमवीपिएसको साथमा आइपी टीभीको ९७२० रुपैयाँ, पपुलार जोडी  एमवीपिएसको साथमा आइपी टीभीको १२६६० रुपैयाँ र रक स्टार जोडी ३०५ एमवीपिएसको साथमा आइपी टीभीको १६४८८ रुपैयाँ  शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ । सेटअप बक्सकालागि ग्राहकले एक पटक २६०० रुपैयाँ शुल्क तिर्नु पर्ने छ । यसकासाथै सीजीनेटले वदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ । 

सीजी डिजिटलले सीजी नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सीजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमवीपिएस र आइपिटीभीका साथमा ४३ इन्चको सीजी टीभी ३५९९९ रुपैयाँमा र ८० एमवीपिएस र आइपिटीभीका साथमा ३२ इन्चको सीजी टीभी २५४९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।  
ग्राहकले यीे जोडी प्याकेजहरु सीजी नेट कार्यालय, सीजी डिजिटल आउटलेट, सीजीनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्तगर्न सक्नेछन् । 
कम्पनिका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमूख सहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन् । 


Author

थप समाचार
x