कर्पोरेट

सनराइज बैंकको थप चार शाखारहित बैंकिङ सेवा विस्तार

इकागज |
भदौ १४, २०७९ मंगलबार १४:३६ बजे

काठमाडौँ - सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको ९२ र ९३ औं शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका –३, इटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका–१०, दुधिअवामा विस्तार गरेको हो ।

यसै गरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं.–१८, शोभापुरमा ९४ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकोे छ । साथै शुक्रबार भाद्र १० गते  बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं.–०६, शरणामतीमा ९५औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।


बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।


Author

थप समाचार
x