सामसङ ग्यालेक्सी ए१३ नेपालमा आउँदै, के छ यसमा खास विशेषता?
काठमाडौँ- सामसङको ए सिरिजको नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक हुने तयारी रहेको छ। सामसङ ग्यालेक्सी ए१३, सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो ।
सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको र ग्यालेक्सी ए १३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ आउने कम्पनीले जनाएको छ।
यस्ता विभिन्न सुविधाहरूले ए१३ लाई कन्टेन्ट बनाउनेहरूका लागि र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त स्मार्टफोन हुने कम्पनीले जनाएको छ।
यसमा रहेको शक्तिशाली मल्टि–क्यामेराले तस्विर र भिडियोहरू उत्कृष्ट क्वालिटीमा खिच्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस फोनले टिकटक इडिटिङ पनि निकै सहज रुपमा गर्न सक्ने कम्पनीको दाबी छ।
प्रयोगकर्ताले आफ्नो फोनमा लोड हुने सबै डाटा र सबै फाइलहरूको सुरक्षाको लागि ग्यालेक्सी ए१३ सामसङको विशेष नक्स सेक्युरिटी सिस्टम रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी ए१३ टिकटक कन्टेन्ट बनाउनेहरूका लागि उत्कृष्ट विकल्प हुनेछ जसले आफ्नो उत्कृष्ट टिकटक कन्टेन्टको लागि बजेट अनुकूल र सुविधाले भरिएको फोन हुने कम्पनीले उल्लेख गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया