कर्पोरेट

सामसङको 'यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!' योजना सार्वजनिक

इकागज |
भदौ १५, २०७९ बुधबार १८:४१ बजे

काठमाडौँ- नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि ल्याएको छ। सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् र योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसुङ स्पेस राखी खरीद गरेको डिभाइसको सिरियल नं. टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

योजनाको बारेमा जानकारी दिदै सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, 'सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौैं । आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाले हाम्रा ग्राहकहरूलाई पुरस्कृत गरि यस माहान चाड अझै हर्षित र उत्साहजनक बनाउछ भन्ने विश्वास हामीले राखेका छौं ।' 


यस योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेकै हुनु पर्दछ । यसरी सामान खरीद गरेपछी खरीदकर्ताले खरीद गरेको सामानको सिरियल नम्बरसहित सामसुङ टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्दछ । 
    
एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिनेछ र गोला प्रथा साप्ताहिक रुपमा गरिनेछ । यद्यपी, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा संचालन गरिनेछ र गोला प्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गरिनेछ । विजयी सिरियल नम्बरहरु सोही दिन फेसबुक पेजमा पोस्ट गरिनेछ । योजना भाद्र १४ देखि असोज १४ सम्म लागू रहनेछ ।


Author

थप समाचार
x