कर्पोरेट

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड-२०२२’

इकागज |
भदौ १९, २०७९ आइतबार १३:३९ बजे

काठमाडौँ - नबिल बैंकले ‘एक्सलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स एक्वाइरिङ बिजनेस २०२२ अवार्ड २०२२’ जितेको छ।
भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ - पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ मा नबिललाई सो अवार्ड प्रदान गरेको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल टोलीका सबै सदस्यहरूलाई उनीहरूको समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै बधाई दिँदै, 'नबिलले सधैं नेपालको पहिलो डिजिटल बैंक बन्नको लागि प्रयास गरेको छ र हाम्रो अथक प्रयासको लागि मान्यता पाउँदा हामी खुसी छौं।' उनले भने, 'हामीले हाम्रा मूल्यवान ग्राहकहरूका लागि डिजिटल समाधानहरू प्रवर्द्धन गर्न सधैं ध्यान केन्द्रित र लगानी गरेका छौं र यस्तो मान्यताले हामीलाई डिजिटल डोमेन मार्फत ग्राहकको अनुभव अभिवृद्धि गर्न थप काम गर्न उत्प्रेरित गर्नेछ।'



Author

थप समाचार
x