कर्पोरेट

कुमारी बैंक र बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबीच सम्झौता

इकागज |
भदौ २०, २०७९ सोमबार ११:३६ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत एक्स–रे मा १० प्रतिशत र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


यस सुविधाबाट गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
 


Author

थप समाचार
x