हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य
काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गरेको छ। श्रेष्ठको मनास्लु हिमाल आरोहणका लागि कम्पनीले सहकार्य गरेको जनाएको छ।
यसअघि सगरमाथासहित नेपालको ८ हजार मिटरभन्दा माथि उचाइमा रहेका ७ ओटा हिमालहरु चढिसकेकी श्रेष्ठ अब बिना अक्सिजन बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा तयारीमा छिन् । कम्पनीले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको जनाएको छ । सोमबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । पर्वतारोही श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरवान्वित र हौसला मिलेकोे बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया