कर्पोरेट

नोकिया सि२१ प्लस नेपाली बजारमा, यस्ता छन् विशेषता

इकागज |
भदौ २१, २०७९ मंगलबार १७:२३ बजे

काठमाडौंँ-  नोकिया फोनको उत्पादक तथा वितरक एचडिएम ग्लोबलले नोकियाको नयाँ फोन सार्वजनिक गरेको छ। नोकियाले​ सि सिरिज अन्तर्गत नयाँ नोकिया सि २१ प्लस सार्वजनिक गरेको हो।

नोकियाले १६ हजार ९ सय ९९ मा उपलब्ध गराएको यस फोन हर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री व्याकअप समावेश गरिएको कम्पनीले जनाएको छ।


एन्ड्रोइड ११ मा १३ एमपी एचडिआर सञ्‍चालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभइ पूर्ण रुपमा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको कम्पनीले जनाएको छ।

यस्ता छन् नोकियाले सार्वजनिक गरेको सि २१ विशेषता

स्लिम डिजाइनमा भरपर्दो ब्याट्री
आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सि२१ प्लस  ५ हजार ५० एमएएच ब्याट्री साइजमा समावेश गरिएको छ। यसले एक चोटी चार्ज गर्दा तीन दिनसम्म ब्याट्री खपत गर्ने कम्पनीले जनाएको छ।

बलियो र कडा परीक्षण गरिएको 

नोकियाको सि २१ फोन विश्वकै सबैभन्दा बलियो रहेको कम्पनीको दाबी छ। यसमा भएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि निकै भरपर्दो रहेको कम्पनीले जनाएको छ। 

प्रख्यात सुरक्षा
स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्त्वपूर्ण सञ्चारको हब पनि मानिन्छ। सि–सिरिजको हिस्सा भएको नोकिया सि२१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गरिएको कम्पनीले जनाएको छ।
थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआइ फेस अनलक प्रविधिले आझ बढी सुरक्षा सुनिश्चित गर्नेछ।

क्लिन ओएस
नोकिया सि२१ प्लस एन्ड्रोइड ११, एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ उपलब्ध रहेको छ जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ। न्यूनतम प्रि-लोडहरूले पनि स्टोरेजमा सम्झौता नगरी यसको अधिकतम लाभ उठाउन मद्दत गर्दछ। 

जीवनको उत्कृष्ट पलहरू कैद गर्नुहोस्
एचडिआर प्रविधिको साथ १३ एमपी डुअल क्यामेराले अविस्मरणीय पलहरूलाई कैद गर्न मद्दत गर्दछ। विभिन्न मोडहरू जस्तै पोर्ट्रेट, पानोरमा र ब्युटिफिकेसनले देखिने आश्चर्यजनक तस्बिरहरु खिच्छ। 

मूल्य र उपलब्धता
३/३२ जीबी स्टोरेज र अन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रंगमा उपलब्ध यो फोन को मूल्य १६ हजार ४ सय ९९ रुपैयाँ रहेको छ। 


Author

थप समाचार
x