कर्पोरेट

हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

इकागज |
भदौ २२, २०७९ बुधबार १२:९ बजे

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुले आफ्नो सेवा विस्तार गर्ने क्रममा भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा-१० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।


२०७९ असार मसान्त सम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन र ९१ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
 


Author

थप समाचार
x