कर्पोरेट

बजाज दसैं योजना 'यस पालीको चाड, उपहारसँगै स्वरोजगार' सार्वजनिक

इकागज |
भदौ २२, २०७९ बुधबार १४:२६ बजे

काठमाडौँ -  बजाज थ्री ह्वीलर्स, बजाज आरई बिएस ६  र 'बजाज म्याक्सिमा सि' को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नाम 'यस पालीको चाड, उपहारसँगै स्वरोजगार' राखको छ। बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याक्सिमा सि वा बजाज आरई बिएस६  को खरिदमा ३२ इन्चको हिमस्टार एलइडि स्मार्ट टीभी वा सामसङ एफ२२ स्मार्टफोन पाउने योजना ल्याएको जनाएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक, अभिमन्यु गोल्छा भन्छन्, 'चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ। उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो। यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज म्याक्सिमा सि वा बजाज आरई बिएससिक्स खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।'



 


Author

थप समाचार
x