कर्पोरेट

नबिल आइकार्ड र नबिल क्रेडिट कार्डमा बैशाखभरी ७५ प्रतिशतसम्म छुटैछुट

इकागज |
बैशाख २, २०७८ बिहिवार १२:१८ बजे

काठमाडौं : नबिल बैंकले नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि कार्ड प्रोडक्टहरुमा विभिन्‍न छुट प्याकेज सहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । 

छुट अफर २०७८ बैशाख महिनाभरी नबिल बैंकको नजिकको शाखामा गई सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ । सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैंकले जानकारी दिएको छ ।
 



Author

थप समाचार
x