कर्पोरेट

'बजाज आधाको आधा' योजना सार्वजनिक

इकागज |
भदौ २२, २०७९ बुधबार १८:४९ बजे

काठमाडौँ- बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित नयाँ उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले महान चाड दशैं तिहार र छठलाई  लक्षित गरी आफ्ना ग्राहकहरूका लागि 'बजाज आधाको आधा' नामक ग्राहक योजना ल्याएको हो।

जस अन्तर्गत  ग्राहकहरुलाई आफुले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी  बाइक लैजान सक्ने जनाएको छ । यो योजना अन्तर्गत हरेक बाइकको खरिदमा रु ७ हजार नगद छुटको  ब्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएको छ ।



Author

थप समाचार
x