राउन्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित
काठमाडौँ - राउन्ड टेबल नेपालको भदौ १८ गते सम्पन्न २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन । निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु सहभागी भएका थिए । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया