कर्पोरेट

एससिटीको दमदार दसैँ धमाका, थ्रीडी अफर र विभिन्‍न छुटको व्यवस्था

इकागज |
भदौ ३०, २०७९ बिहीबार १२:७ बजे

काठमाडौँ - नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

हालसम्म पनि एससिटी यूपीआई डेबिट कार्ड  नलिएका ग्राहकहरूले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन । साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरूले पनि यो अफर मार्फत १२ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन ।


मात्र १५ सय रुपैयाँ बराबरको पोस  कारोबारमा ५ सय र ३ हजारको कारोबारमा १ हजार क्यास ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरूले ३३.३३ प्रतिशत सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर असोज महिना भरि लागू हुने कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x