रियलमीको ९आई फाइभजी बजारमा, यस्ता छन् विशेषता र मूल्य
काठमाडौंँ – विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सबैभन्दा सुपथ मूल्यको फाइभजी स्मार्टफोन रियलमी ९ आई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टा–कोर सिपियु रहेको छ । यसमा फाइभजी नेटवर्कको फाइभजी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।
सो कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “हामीले जहिले पनि प्रविधि र नयाँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको फाइभजी लाई धेरै भन्दा धेरै उपभोक्तामा पु-याउनु हो र यसै सिलसिलामा हामीले ९ आई फाइभ जी नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरूले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाइनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।”
यस फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपीको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपीको एआई ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल र्याम थप्न मिल्छ । साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ । रियलमी ९ आई फाइभ जी भदौ २८ गतेबाट दराज लगायत नेपालभरी रहेका रियलमीका १ हजारभन्दा बढी स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया