कर्पोरेट

नयाँ वर्ष लक्षित फोक्सवागेनको अफर

इकागज |
बैशाख ३, २०७८ शुक्रबार १५:३९ बजे

काठमाडौं : फोक्सवागेनले नयाँ वर्ष २०७८ को अवसर पारेर नयाँ अफर सार्वजनिक गरेको छ । यो योजनालाई 'ह्यापी न्यु-वागेन २०७८ हर्ष नयाँ वर्षको अफर' नाम दिइएको छ ।

यस अवसरमा फोक्सावागेनको गाडी खरिद गर्नेलाई चार वर्ष सित्तैमा मेन्टेनेन्स सुविधा दिने उल्लेख छ । साथै दुई वर्ष वारेन्टीको सुविधा पनि छ । एक वर्ष नि:शुल्क
बीमाको व्यवस्था गरिएको छ ।

सेवाग्राहीले आर्थिक वर्षको सडक दस्तुर व्येहोर्नुनपर्ने कम्पनीले जानकारी दिएको छ । गाडी खरिदमा साढे दुई लाख रुपैयाँसम्‍मको छुट प्रदान गरिनेसमेत योजनामा उल्लेख छ ।  



Author

थप समाचार
x