कर्पोरेट

ओपोले सार्वजनिक गर्‍यो ए५४

इकागज |
बैशाख ३, २०७८ शुक्रबार १५:४३ बजे

काठमाडौं : ओपोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ । फोनले आफ्ना आवश्यकतापूर्ति गर्दै दैनिकीमा सहजता प्रदान गरोस् भन्ने चाहना राख्छन् । त्यसैगरी, उक्त फोनले हाई एन्ड परफरमेन्स दिनुका साथै सुन्दर डिजाइन सहितको होस् भन्ने चाहन्छन् । 

ए५४मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ भने यसमा रहेको ओक्टाकोर प्रोशेसरले अझ धेरै कार्य सम्पादन तथा पर्याप्त मनोरञ्जन लिनसमेत सघाउँछ ।  यो फोनमा पर्याप्त सञ्चय क्षमताका लागि १२८जीबी रोमको व्यवस्था गरिएको छ । 


‘ए सिरिजको डिजाइन, प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भन्ने सोचका साथ गरिएको हो,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नयाँ पुस्ता, प्रविधिले तिनलाई सक्रिय सामाजिक जीवनशैली जीउन सघाओस् भन्ने चाहन्छन् । तिनको यो चाहनाको सटिक सम्बोधन गर्नुका साथै यसमा समकालिन डिजाइनपनि दिएका छौँ ।’ 

यसमा रहेको ५००० एमएएच क्षमताको ब्याट्री छ । १८वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ । 

ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ । ४जीबी र्‍याम र १२८जीबी रोम सुुसज्जित ओपो ए५४को मूल्य २५ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । 


Author

थप समाचार
x