कर्पोरेट

भायानेटले ल्यायो स्पीडी अफर

इकागज |
बैशाख ३, २०७८ शुक्रवार १५:४२ बजे

काठमाडौं : भायानेटले स्पीडी अफर सार्वजनिक गरेको छ । जसमा ग्राहकले १०० एमबीपीएससम्मको स्पीड पाउन सकिन्छ । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरू प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा सुपर स्पीड इन्टरनेट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । 

भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सकिन्छ । त्यस माथि १ हजार रुपैयाँको रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सकिन्छ । यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ । 



Author

थप समाचार
x