कर्पोरेट

कुमारी बैंकले ल्यायो ५ देखि १०० गुणासम्म रकम वृद्धिको निक्षेप योजना

इकागज |
असोज १, २०७९ शनिबार १६:२४ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेडले प्रारम्भिक बीज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम १० हजार देखि १० लाख सम्म प्रारम्भिक बीज रकम जम्मा गरि निम्न अनुसारको धन बृद्धि लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ ।


यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बीज रकमकोे १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ ।  यो योजना आश्विन १ देखि लागू हुने छ ।   
आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ । 


Author

थप समाचार
x