भिभोद्वारा दुई स्मार्टफोन वाइ ३५ र वाइ २२ सार्वजनिक
काठमाडौँ- भिभोले वाइ सिरिजका दुई नयाँ स्मार्टफोनहरु वाइ ३५ र वाइ २२ सार्वजनिक गरेको छ । वाइ सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको हो।
यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्नेछन् । स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाइ ३५ र वाइ २२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुनेछन् ।
नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, 'हाम्रो प्रसिद्ध वाइ सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाइ श्रृंखलालाई मन पराएका छन् । हामीले भिभो वाइ३५ र वाइ२२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।'
स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाइ३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्बाध अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जीबी र्याममा थप ८ जीबी सम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा रहेको छ।
एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५००० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्दछ ।
यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ।
भिभो वाइ २२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्दछ । वाइ२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीद्वारा संचालित छ । वाइ२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ ।
वाइ२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । त्यस्तै मल्टि स्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरु समावेश गर्दछ । दुबै वाइ३५ र वाइ२२, वाइ सिरिजका नयाँ स्मार्टफोनहरू हुन् जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेशका कारण होल्ड गर्न सहज छन् । २.५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।
वाइ३५ (८जीबी प्लस १२८जीबी- दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा रु ३०,९९९ मा उपलब्ध छ । त्यस्तै ४ जीबी र्याम र ६४जीबी रोम भएको वाइ२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा रु २२,९९९ मा उपलब्ध छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया