कर्पोरेट

गोदरेजको 'क्यास सरप्राइज' योजना सार्वजनिक

इकागज |
असोज ३, २०७९ सोमबार १८:३८ बजे

काठमाडौँ- ६४ वर्षको इतिहास बोकेको इन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले यो दशैं तिहारलाई लक्षित गरी गोदरेजको 'क्यास सरप्राइज' नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले गोदरेजको  होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको भदौं ९ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।


ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा २६ % सम्मका अधिकतम छुट र आकर्षक उपहारहरु पाउन सकिने छ। फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३  केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पाउनुका साथै माइक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ।

त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कुलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाइरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।

साथै एसीमा आकर्षक छुट र रु ४,००० बराबरको नि:शुल्क एसी जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

नेपाल अधिराज्यभर गोदरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धरा, जोरपाटी  र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।


Author

थप समाचार
x