कर्पोरेट

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

इकागज |
असोज १०, २०७९ सोमबार १३:८ बजे

काठमाडौँ -एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरू ल्याएको छ । 

यी प्याकहरू शुक्रबार (असोज ०७) देखि लागु हुनेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्याकहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् । 


१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले रु २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । 
आफ्नो आवश्यकता अनुसार बढि समयावधि चाहिने ग्राहकहरूले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित मात्र रु ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता   अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरू मार्फत यी भ्वाइस प्याकहरू सुचारु गर्न सक्नेछन् । 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरू संचालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तसँग सुलभ दरमा कल गर्न सकिने गरि ग्राहकहरूका लागि  चाडपर्वको अवसरमा यी प्याकहरू ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । 


Author

थप समाचार
x