कर्पोरेट

फोटन पिकअपका लागि एमएडब्लु वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम

इकागज |
बैशाख ५, २०७८ आइतवार १७:० बजे

काठमाडौं : नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलोपटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ ।

नेपालमा टुनल्यान्ड पिकअपको अत्याधिक सफलतापछि ग्राहकको विश्वास अझ बढाउनका लागि ल्याइएको यो योजनाअन्तर्गत टुनल्यान्ड ई-पिकअप विक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैंले निश्चित मूल्यमा किन्नेछ । नेपालमा फोटनका उत्पादनको विश्वसनीयताको परीक्षण सन् २०१९ देखि हुँदै आएको छ । ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले यस्तो विशेष योजना ल्याएको हो ।

कम्पनीका अनुसार फोटन पिकअपको उच्च विश्वसनीयताले रिसेल बजारमा पनि यसको भ्यालु दमदार रहनेछ । ‘हाम्रा उत्पादनमाथि हाम्रो विश्वासकै कारण हामीले हाम्रो ब्रान्डलाई अँगाल्न यो अभुतपूर्व योजना ल्याएका हौं । हामीलाई विश्वास छ, आउँदा वर्षहरुमा हाम्रो पिकअपको भ्यालु उच्च रहने छ । यसलाई विश्वस्त तुल्याउन हामीले बाई ब्याग स्किम ल्याएका हौं,’ एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले भने ।

यससँग एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रुपमा तीन लाख रुपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्ट्यान्स र पाँच वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा गरेको छ ।

२.८ लिटरको इनलाइन ४ सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड हाई प्रेसर कम रेलसहितको टर्बोचार्ज र इन्टरकुल फोरवाइड र ५ स्पिड म्यानुअल ट्रान्समिसन इन्जिन भएको टुनल्यान्ड ईले ३६०० आरपीएममा ८५ किलोवाट र २४०० आरपीएममा २८० एनएम टर्क उत्पन्न गर्छ । एक टन पेलोड क्यापासिटी भएको टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर छ ।

फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।



Author

थप समाचार
x