कर्पोरेट

टिभीएसद्वारा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ लाई प्रायोजन

तीन विजेतालाई टिभिएस एनटर्क १२५ सुपर स्क्‍वाड एडिसन जित्‍ने मौका

इकागज |
बैशाख ५, २०७८ आइतबार १७:२१ बजे

काठमाडौँ : टिभीएस मोटर कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ प्रायोजन गर्ने भएको छ । यो कार्यक्रम टिभीएस मोटर कम्पनीको ब्लुटुथ जडित स्कूटर टिभीएस एनटर्क १२५को ट्यागलाइन प्ले स्मार्ट भनिएको छ ।

पब्जी नेपालको जेन जेड मध्यको एक लोकप्रिय खेल हो र यो च्याम्पियनशिप गेमिंग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ । च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुनेछ र तीन भाग्यशाली विजेताहरुले टिभिएस एनटर्क १२५ स्क्वाड एडिसन स्कूटर जित्ने मौका पाउँने कम्पनीले जानकारी दिएको छ । 

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधैँ प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएकोे छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्ष्यहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ ।’



Author

थप समाचार
x