कर्पोरेट

हिमाल सफाई अभियानमा कोकाकोला र सेनाबीच साझेदारी

इकागज |
बैशाख ६, २०७८ सोमबार १२:५४ बजे

काठमाडौँ : कोकाकोलाको दीर्घकालिन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमाली क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो संस्करण हो ।  यो मल्टि स्टेक होल्डर कार्यव्रmमले हिमालहरूलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्येश्य राखेको छ ।

हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भन्नुभयो, ‘हामी खुशी छौँ कि कोकाकोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ। हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो। थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नको लागि जागरुकता बढाउनको लागि संलग्न छौँ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ ।’

२०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक ‘सगरमाथा हिमाल सफाई अभियान २०७६’ नामक पहिलो हिमाल सफाई अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो । 

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौँ। अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुन पाएकोमा हामी सम्मानित छौँ। नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्व लिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।’



Author

थप समाचार
x