कर्पोरेट

हुण्डाईद्वारा विश्वकप २०२२ लक्षित 'टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा'

इकागज |
असोज २६, २०७९ बुधबार १२:३१ बजे

काठमाडौँ- हुण्डाई गाडीको नेपालकालागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विश्व कप २०२२ लक्षित 'गोल अफ द सेन्चुरी' अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन 'हुन्डाई टेस्ट ड्राइभ वाच लाइभ फिफा वर्ल्ड कप २०२२' को विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् ।

११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरूको छनौट गरिएको छ। सो लक्की ड्र मार्फत शेर बहादुर जि.सी। र हस्त माया गुरुङ्ग विजेता भएका छन् । 
दुई विजेताहरूले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिइ कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरू हुण्डाई नेपालले व्यहोर्ने छ ।


यस योजनामा सहभागी जनाउन १९ जुलाई देखी ३० सेप्टेम्बर सम्म नेपालभरी रहेका हुण्डाईको १७ वटा सोरुमहरूबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरि आफुलाई रजिष्टार गर्नुपर्ने थियो ।

यस क्याम्पेनले पर्यावरण दिगोपनका लागी हुण्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रहेको कम्पनीले जनाएको छ ।

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरूलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरूद्वारा आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x