सेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौँ- सेयर बजार परिसूचक साताको चौथो कारोबारमा सुधार देखिएको छ। आज सेयर बजार परिसूचक ११ अंकले बढेको हो । साताको पहिलो कारोबारमा बढेको बजार सोमबार र मंगलबार भने घटेको थियो ।
बुधबार बजार परिसूचक ११.३६ अंक बढेर १८६६.५२ मा उक्लिएको छ। त्यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.८४ अंकले बढेर ३६६.११ मा उक्लिएको छ।
मंगलबारको तुलनामा कारोबार रकममा सामान्य बढोत्तरी भएको छ। आज २२३ कम्पनीको ६९ करोड १७ लाख ३७ हजार ८ सय ९४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २० लाख ८५ हजार २ सय ८४ कित्ता सेयर १४ हजार १ सय ८६ पटकमा खरिद बिक्री भएको छ।
उप-समूहतर्फ व्यापार र म्युचुअल फण्ड समूह सामान्य घट्दा बाँकी समूहको सेयर मूल्य उकालो लागेको छ। बढ्दो बजारमा १ सय ४० कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको सेयर घटेको छ।
अभियान लघुवित्त वित्तिय संस्था, महुली लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, दिव्यश्वरी हाइड्रो, तथा जोशी हाइड्रो डेभलपमेन्ट कम्पनी लगायतको सेयर उच्च कमाउनेमा परेका छन।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया