आई.एम.ई.लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ- आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा असोज २६ गते बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न भएको छ ।
सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरू पारित गरेको छ । जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्व पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको सेयर पूँजी थप गर्ने भएको छ।
सेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निस्कासन गर्ने लगायत कम्पनीको प्रवन्ध-पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरू स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरू उपर छलफल गरी सो प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएको छ ।
सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरूको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान/आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो ।
सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बीमितको आवश्यकता अनुसारको विविध बीमा योजनाहरूको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरूका कारण तथा वित्तिय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैंक, वित्तिय संस्थाहरू, बीमा कम्पनीहरू एवं अन्य संघ संस्थाहरूको प्रयासका कारण बीमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुँदै गएको बताए ।
साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरूलाई सुविधा पुर्याउने क्रममा सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरू मार्फत सेवा उपलब्ध गरिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया