कर्पोरेट

सेन्साईको '३ को झट्का' योजनामा पहिलो विजेता घोषित

इकागज |
कात्तिक २, २०७९ बुधबार १३:३० बजे

काठमाडौँ- जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सार्वजनिक गरिएको 'सेन्साई ३ को झट्का' नामक योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा “आर १५ भिथ्री बाइक” र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने छ।

सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको विजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको छ। यस पहिलो लक्की ड्रको विजेता बीरगञ्ज निवासी 'अकलेश कुमार पटेल' भएका छन। उनले एप्पल आइप्याड १०.२  जितेका छन्। उनले  वीरगञ्जको आर.के  इलेक्ट्रोनिक्स मार्फत सेन्साईको चेस्ट-फ्रिजर खरिद गरेका थिए।


सोही योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरू घोषणा गर्न बाँकी नै रहेको छ। यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिद पश्चात अङ्ग्रेजीमा सेन्साई टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ।

सेन्साईले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेण्टीहरुका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्य भर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ ।

सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्। यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x