डिसहोममा रिचार्ज गर्दा दाहालले १ लाख जिते

काठमाडौंँ - एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने योजनाअन्तर्गत थप एक जनाले १ लाख रुपैयाँ जित्न सफल भएका छन् । जीतपुर सिमरा उपमहानगरपालिका-१६ का राजन दाहालले १ लाख रुपैयाँ जितेका हुन् । श्लोक इलेक्ट्रोनिक्स सप्लायर्स हेटौंडाको डिलरअन्तर्गत रहेको बारा, सखुवाघाटका सह वितरक गीता इन्टरप्राइजका राजेश थापा मगरकोमा उनले एक वर्षको रिचार्ज गरेका थिए । सोहीअनुसार दाहालले 'लक्की ड्र' मा सहभागी हुने अवसर पाएका थिए ।
डिसहोमको तर्फबाट एरिया सेल्स मेनेजर सन्जिव कार्की, सेल्स अफिसर गौरव घिमिरे , श्लोक इलेक्ट्रोनिक्स सप्लायर्सका शिवराम श्रेष्ठले विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया