बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा
काठमाडौं - इम्याजिन मार्केटिङ लिमिटेड, भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड ‘बुट’ अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले ल्याएको स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्चकलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम बुट एसप चार्ज टेक्नोलोजीको सातदिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशत सम्मचार्ज गर्दछ । वेभ प्रो ४७ मा भएको आइपी६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ । जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । नेपालमा उपलब्ध वेभ प्रो ४७ को मूल्य ६,४९९ रुपैयाँ रहेको छ ।
यस कम्पनीले बुटको सबैभन्दा नयाँ संस्करणको बुटएक्सटेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७०० प्लस सक्रिय मोडहरू रहेका छन् । जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ ।
टेलिटक प्रा. लि. का कार्यकारी निर्देशक प्रतीक जालान भन्छन्, “विगत केही महिना देखि हामीले हाम्रा उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदान गर्न र हाम्रा सेवाहरू सुधार गर्न हामी लागि परेका छौं । नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई बोट को स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ । हामीलाई विश्वास छ हाम्रा ग्राहकहरूले बोट को उत्पादनहरुको साथ कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभवको आनन्द पाउनु हुनेछ ।'
यो स्मार्टवाच स्पोर्टी १.६९ इन्च एचडी डिस्प्लेको साथमा उपलब्ध रहेको छ । जसमा ब्राइट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १०० प्लस फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्स्टेण्ड स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६,४९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।
यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड रकर ३३० र रकर २५५ प्रो प्लस पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बुट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध रहेको क्रम्पनीले जनाएको छ । बजारमा यसको मूल्य ३,३९९ देखि ३,४९९ रुपैयाँ रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया