कर्पोरेट

यी हुन् भिभोको वाई सिरिजअन्तर्गतका केहि उत्कृष्ट स्मार्टफोन

इकागज |
कात्तिक १४, २०७९ सोमबार १५:५० बजे

काठमाडौँ- विश्व स्मार्टफोन उद्योगको अग्रणी ब्राण्ड, भिभोले वाई सिरिजका स्मार्टफोनमार्फत नेपाली प्रयोगकर्ताहरुका लागि धेरै विकल्पहरू उपलब्ध गराउँदै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा नवीनतम क्यामेरा प्रविधि र नयाँ विशेषताहरु समावेश गरेर बजारमा बलियो पकड बनाउँन सफल भएको छ । वाई सिरिजका सबै स्मार्टफोनहरू अत्याधुनिक प्रविधिद्वारा डिजाइन गरिएका छन् जसले उत्कृष्ट पर्फमेन्श र नवीनतामार्फत ग्राहकको अनुभवलाई अझ वृद्धि गर्नेछ ।
भिभो वाई सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा अद्वितीय फ्ल्यागशिप अनुभवका साथै नवीन क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित रहेका छन् ।

१) वाई३५
भिभो वाई३५ स्टाइल र प्रविधिको उत्कृष्ट संयोजन भएको स्मार्टफोन हो । यसमा एक्सटेन्डेड र्याम ३.० (८जीबी + ८जीबी) छ जसले एउटा एपबाट अर्कोमा सहजै स्विच गर्न अनुमति दिन्छ र निर्बोध अनुभव प्रदान गर्दछ । कुनै पनि कार्यहरु स्मुद रुपले गर्न, वाई३५ मा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्दछ ।


यस उपकरणले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्नुका साथै यसमा ५०एमपी ट्रिपल रियर क्यामेरा रहेको छ जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र व्यावसायिक क्यामेरा जस्तै उच्च–स्तरीय तस्वीरहरु खिच्दछ । क्यामेराले सुपर नाइट क्यामेरा जस्ता सुविधाहरू पनि प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेट जसले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र सुन्दर पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ ।

२) वाई३३एस
वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपाली ग्राहकहरूले धेरै मन पराएका छन् । यो फोनमा शार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ । यो शक्तिशाली स्मार्टफोन १८ वाट फास्ट चार्जको साथ ५०००एमएएच ब्याट्रीमा आउँछ । वाई३३एस मा एक्सटेन्डेड र्याम २.० (८जीबी + ४जीबी) रहेको छ । स्लिम र ट्रेंडी स्मार्टफोन वाई३३एस को मूल्य रु २९,९९९ रहेको छ ।

३) वाई२२
वाई२२ प्रयोगकर्ताहरूका लागि राम्रो विकल्प हो । यसमा मिडियाटेक हेलियो जी८५ प्रोसेसर छ जसले शक्तिशाली कार्यसम्पादनको प्रतिज्ञा गर्दै हरेक कार्यलाई सहज बनाउँछ । यो १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीमा आउँछ र विशाल ब्याट्री क्षमताको साथमा शक्तिशाली प्रोसेसरको संयोजनले वाई२२ लाई धेरै आकर्षक बनाएको छ । यसमा ५०एमपी रियर क्यामेरा रहेको छ जसले स्पष्ट, सुन्दर र उज्यालो तस्बिरहरू लिन सम्भव बनाउँछ ।

वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट जस्ता विभिन्न क्यामेरा सुविधाहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी लिने वा भिडियो खिच्ने प्रयोगकर्ताहरूको अनुहारको अझ आकर्षक बनाउँछ । साथै अर्कोतर्फ मल्टि स्टाइल पोट्र्रेटले व्यक्तिगत पोट्र्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि धेरै स्टाइलहरू समावेश गर्दछ ।

४) वाई२२एस
वाई२२एस ले भिभोको वाई सिरिजको गतिशील र युवा–केन्द्रित दृष्टिकोणलाई अगाडि बढाउँछ, र प्रयोगकर्ताहरुका विभिन्न आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीबी र्याम र १२८जीबी रोम रहेको छ, जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाई एकै साथ धेरै ठुला एपहरू चलाउन अनुमति दिन्छ । यसको एक्सटेन्डेड र्याम विशेषतामार्फत निष्क्रिय रोमलाई प्रयोग गर्न सकिन्छ र १टीबी सम्म मेमोरी कार्ड थप्न पनि सकिन्छ । वाई२२एस मा एआई पावर–सेभिङ टेक्नोलोजी पनि छ र ५०००एमएएच ब्याट्रीलाई १८ वाट फास्ट चार्ज ले सर्पोट गरेको छ ।

यसका साथै, ५०एमपी रियर क्यामेरा र ८एमपी एचडी फ्रन्ट क्यामेरासंग भिडियो फेस ब्यूटी अप्टिमाइज गरिएको छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडको साथ अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम प्रकाशका क्षणहरूलाई जादुई रूपमा उत्कृष्ट बनाउन अनुमति दिन्छ ।

यसबाहेक, प्रयोगकर्ताहरुलाई व्यक्तिगत पोट्र्रेट खिच्न वाई२२एस मा मल्टी–स्टाइल पोट्र्रेट– फेस ब्यूटी, बोकेह, र अन्य स्टाइलहरू समावेश छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरू खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।

५) वाई५५
वाई५५ शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजको नयाँ स्मार्टफोन हो । यस फोनमा ५० एमपी एचडी ट्रिपल क्यामेरा छ जसले डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो प्रदान गर्दछ । वाई५५ मा स्न्यापड्रेगन ६८० प्रोसेसर छ जसले यस स्मार्टफोनलाई गेमिङ तथा स्ट्रिमिङका लागि सक्षम बनाउँछ । यो उपकरण ५०००एमएएच ब्याट्रीको साथ आउँछ जुन ४४ वाट फ्ल्यासचार्जद्वारा समर्थित छ । यो स्मार्टफोन रु ३३,९९९ मा उपलब्ध देशभर उपलब्ध छ ।
 


Author

थप समाचार
x