कर्पोरेट

मनीग्रामद्वारा रेमिट्यान्स सेवा विस्तारका लागी इसेवा मनी ट्रान्स्फरसँग साझेदारी

इकागज |
बैशाख ८, २०७८ बुधबार १६:३७ बजे

काठमाडौं : नेपाल मनीग्राम इन्टरनेसनले इसेवा मनी ट्रान्स्फरसँग साझेदारीको घोषणा गरेको छ । यस साझेदारीमार्फत विश्‍वभरि रहेका मनीग्रामका ग्राहकहरुलाई सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ भने इसेवा वालेट पनि सुरुवातको तयारीमा छ । 

‍वभरत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफ भन्छन्, ‘यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्दित क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागी हामी उत्साहित छौं ।’


संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोप भरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु, यस मनीग्राम र इसेवाको  साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 


Author

थप समाचार
x