कर्पोरेट

रेडमीको पहिलो प्याड नेपालमा उपलब्ध

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १४:१३ बजे

काठमाडौँ- नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गतको पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ ।  

लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी  प्याड लन्च गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ । सुपथ मूल्यमा आधुनिक ट्याब्लेटको अनुभव लिन चाहने मानिसहरुलाई ध्यानमा राखेर हामीले यो ट्याब्लेट ल्याएका हौँ । १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा ब्याट्री स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ ।  ८ हजार एम्एएच्को शक्तिशाली ब्याट्रीले यो प्याडमा काम गर्न, पढ्न् अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । द्दप् रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश छ । साथै यसको स्टोरेज पनि १ टिबीसम्म बढाउन मिल्छ ।” 


अद्वितीय अडियो भिजुअल अनुभव 
१०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा ब्याट्री स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । भिजुअल ल्याटेन्सी कम भएकोले यसमा ब्राउजिङ, स्क्रोलिङ र गेमिङको कामहरु अत्यन्तै छरितो रुपमा हुन्छ । टियुभि रेन्ल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्त भएकोले यस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनि आँखा पोल्ने, दुख्ने समस्या हुँदैन । साथै यो एसजिएस लो भिजुअल फटिग सर्टिफिकेसन प्राप्त गर्ने विश्वकै पहिलो ट्याब्लेट हो । 

त्यस्तै डल्बी एट्मसको क्वाड कोर स्पिकरले गर्दा यस डिभाइसको अडियो पनि उच्च स्तरको छ । त्यस्तै यसको ८ एमपिको अल्ट्रा वाइड फ्रन्ट क्यामरा ग्रुुप भिडियो कलको लागि अत्यन्तै उपयुक्त छ । यस्तै यसमा भएको फोकस फ्रेम टेक्नोलोजीले क्यामरा अगाडि धेरै मान्छेहरु देखिनासाथ आफैँ वाइडर भ्युमा स्विच हुन्छ जसले गर्दा सबै जना भिडियो फ्रेमको बिचमा रहन सजिलो हुन्छ ।

पावरफुल प्रोसेसर र स्मुथ पर्फर्मेन्स 
मिडिया टेक हेलियो जि ९९ प्रोसेसरले यो ट्याब्लेटलाई भर्सटाइल बनाउनुको साथै प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स प्रदान गर्छ । ६ एन्एम्को प्रभावकारी प्रोसेसरले एपहरु चलाउन र अन्य कामहरु गर्न अत्यन्तै सरल र छरितो बनाएको छ । उत्कृष्ट पर्फर्मेन्स र उच्च ब्याट्रि ब्याकअपले गर्दा यो ट्याब्लेट चलाउने प्रयोगकर्ताहरुले हाइ एन्ड ट्याब्लेट चलाएको अनुभव लिन सक्नेछन् । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न् अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ ।  

दिनभरी टिक्ने शक्तिशाली ब्याट्री 
१८ वाटको फास्ट चार्जिङ र २२ .५ वाटको इनबक्स चार्जरले गर्दा लगातार गेम खेल्न मुभी हेर्न र लामो फोटो शूटको लागि पनि सजिलो बनाएको छ ।
स्लिक र स्टाइलिश तुलनात्मक रुपमा कम मुल्यमा नै उपलब्ध भए पनि उच्च गुणस्तरीय मेटल युनिबडी डिजाइनले यसलाई अझै उत्कृष्ट बनाएको छ ।

प्रिमियम बिल्ड क्वालिटीले यो ट्याब्लेटको इन ह्यान्ड फिल अत्यन्तै सजिलो हुनुको साथै आधुनिक तरिकाले बनाइएको हाइ एन्ड ट्याब्लेटको जस्तै अनुभव लिन सकिन्छ ।  यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छ । ६/१२८ जिबीको स्टोरज अप्सनमा उपलब्ध यो ट्याब्लेटको मुल्य ३४,९९९ रहेको छ । रेडमी ट्याब यही कार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध छन् ।


Author

थप समाचार
x