कर्पोरेट

गोदरेजको भिरोसिल्ड बजारमा

इकागज |
बैशाख ९, २०७८ बिहिवार १७:१४ बजे

काठमाडौं : गोदरेज अप्लायन्सले गोदरेजका नयाँ उत्पादन भिरोसिल्ड बजारमा ल्याएको छ । गोदरेजले सिंगल र डबल डोर रेप्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेव ओभन, चेस्ट फ्रिजर बजारमा ल्याएको हो । नेपाली बजारमा पनि भिरोसिल्डको बिक्रि वितरण शुरु भइसकेको कम्पनीको भनाइ छ ।

कोभिड-१९ को माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भिरोसिल्ड उत्पादन गरेको हो । कम्पनीका अनुसार भिरोसिल्डले २ मिनेटदेखि ६ मिनेटमा कोभिड-१९ लाई निस्क्रिय पार्ने कम्पनीले बताएको छ ।


भिरोसिल्डमा खाद्यान्न, फलफुल, डेरी प्रडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, ट्याब्लेट, वालेट, सुनका गहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेसनरी तथा कागजपत्रलाई डिस्‍इन्फेक्ट गर्ने कम्पनीको दावी छ । उक्त भिरोसिल्ड ३० लिटरको क्षमतामा उपलब्ध छ । यसलाई आइसीएमआरले पनि सर्टिफाइड गरेको छ ।


Author

थप समाचार
x