कुमारी बैंक लिमिटेड र 'द हिमालयन गृल बाइ बाजे'कोबीच सम्झौता
काठमाडौँ- कुमारी बैंक लिमिटेड र काठमाडौँ वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” बीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा क्यूआर मार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । द हिमालयन गृल बाइ बाजेको को तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र कुमारी बैँक लिमिटेडको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षर गरेका छन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो ।
यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा क्यूआर प्रयोगकर्ताहरुले द हिमालयन ग्रिल बाइ बाजेको को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया