कर्पोरेट

एफसी चितवनको जर्सी र प्रायोजकहरू सार्वजनिक

इकागज |
बैशाख १२, २०७८ आइतबार १२:४५ बजे

काठमाडौं : नेपाली फुटबलको अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) आजबाट सुरू हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको आयोजकले बताएका छन् ।

यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको जर्सी र प्रायोजकहरू सार्वजनिक गरेको छ । शनिबार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल र लि–निङ्गका प्रवन्धक कृतराज महर्जनले संयूक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् । अवदेखि एफसी चितवनका खेलाडी एवम् सम्बद्धले लि–निङ्ग ब्राण्डका पोशाक पहिरने छन् ।

डीस होम फाइबर नेट मूख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् ।



Author

थप समाचार
x