बेनेलीको एक्सक्लुसीभ शोरुम पोखरामा
काठमाडौंँ- बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने तयारी समेत गरेको छ।
अहिले नेपालमा बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्ग फुट स्पेयर पार्ट्स र १५०० वर्ग फुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ ।
यो शोरुममा घक् सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने जनाएको छ ।
बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा रु. ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन रु. ४० हजार, न्यूनतम डाउन पेमेन्ट रु. ६० हजार , र ५०% डाउन पेमेन्टको साथ फाइनान्सिङमा ०% ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो । नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १२५ सीसी देखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यी बाइकको मूल्यहरू रु. २ लाख ६४ हजार ९०० देखि २५ लाख १५ हजारसम्म पर्ने कम्पनीले जनाएको छ ।
हेर्नुहोस् मूल्य :
S.NO. |
MODEL |
SEGMENT |
DISPLACEMENT |
MRP |
1. |
TNT 135 |
Naked |
135 cc |
2,74,900/- |
2. |
TNT 15 |
Commuter |
150 cc |
2,64,900/- |
3. |
PANAREA 125 |
Scooter |
125 cc |
3,34,900/- |
4. |
TNT 150i |
Commuter |
150 cc |
3,79,900/- |
5. |
180s |
Naked |
180 cc |
4,54,900/- |
6. |
180s Neon |
Naked |
180 cc |
4,64,900/- |
7. |
302s |
Naked |
300 cc |
10,49,900/- |
8. |
302s Neon |
Naked |
300 cc |
10,74,900/- |
9. |
TRK 251 |
Touring |
250 cc |
8,24,900/- |
10. |
600i |
Racing |
600 cc |
23,58,000/- |
11. |
752s |
Naked |
750 cc |
25,15,000/- |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया