कर्पोरेट

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोद्वारा शपथ ग्रहण

इकागज |
मंसिर २५, २०७९ आइतबार १६:३२ बजे

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैँक सञ्चालक समिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैँकको  मंसिर १२ गते सोमबार बसेको सञ्‍चालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई सञ्‍चालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा.महतो 'गैर आवासीय नेपाली संघ'का संस्थापक अध्यक्ष समेत हुन् । 



Author

थप समाचार
x