भिभोद्वारा वसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना
काठमाडौं- भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरूमार्फत समुदाय र ग्राहकहरूको हितका लागि काम गर्दै आइरहेको छ । समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा मंसिर २६ गते वसन्तपुर दरबार स्क्वायरमा रक्तदान शिविरको आयोजना गरेको थियो ।
उक्त रक्तदान शिविरमा भिभोका कर्मचारीहरू, भिभो फ्यान, ग्राहकहरू लगायतको उत्साहजनक सहभागी रहेको थियो । यस कार्यक्रममार्फत, भिभोले रक्तदान एक महान कार्य हो र रक्तदान गरेर जीवन बचाउ भनेर प्रोत्साहित तथा चेतना फैलाउने प्रयास गरेको कम्पनीले जनाएको छ । यस शिविरमा ५० भन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको थियो । कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो ।
कार्यक्रममा बोल्दै भिभो नेपालका सिइओ माइकलले भने, “एक विश्वव्यापी र सामाजिक रूपमा जिम्मेवार ब्रान्डको रूपमा, हामी समुदायका लागि यो शिविर आयोजना गर्न पाउँदा गर्व गर्छौं । हाम्रो लक्ष्य भनेको मानिसहरूलाई सकारात्मक रूपमा लाभान्वित र सशक्तीकरण गर्ने गतिविधिहरूमा भाग लिने र सहजीकरण गर्ने हो । हाम्रा साझेदार लायन्स क्लब अफ भक्तपुर र कान्तिपुर ब्लड बैंकप्रति तथा यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्यक्तिहरूप्रति आभारी छौं । हामीलाई धेरै वर्षदेखि निरन्तर समर्थन र माया गरिरहने समुदायका लागि सहयोग गर्न पाउँदा हामी निकै खुशी छौं ।”
रक्तदान आपतकालीन अवस्थामा खाँचोमा परेकाहरूको लागि महत्तवपूर्ण जीवन रेखा हो । एउटै रक्तदानले तीन जनासम्म मद्दत गर्न सक्ने अनुमान गरिएको छ । यसबाहेक, रक्तदानले रक्तदाताहरूका लागि विभिन्न स्वास्थ्य लाभहरूः हृदयघात कम गर्न, अन्य मुटु सम्बन्धी रोगहरूको जोखिम कम गर्दछ । त्यसकारण मानवजातिको जीवन बचाउनको लागि यस्ता पहललाई प्रोत्साहित गरौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया