प्रिमियम फोन रियलमी १० प्रो प्लस फाइभजी नेपाल आउँदै
काठमाडौंँ - विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । भारतमा निकै रुचाइएको यो फोन नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन रहेको कम्पनीले जनाएको छ।
यसको कारण हो यसको आकर्षक डिजाइन । रियलमी १० प्लस प्रो फाइभजी नाम दिइएको यो स्मार्ट फोनको कर्भ्ड डिस्प्ले झट्ट हेर्दाखेरि अत्यन्तै आकर्षक र स्टाइलिस देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साँढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ ।
यो फोनको अर्को आकर्षक पक्ष भनेको यसको डाइमेन्सिटी १०८० फाइभजी चिपसेट हो जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी कम्पनीको छ ।
त्यस्तै रियलमी १० प्लस प्रो फाइभजी लाई अघिल्ला सेटहरु भन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ जुन अत्यन्तै बलियो हुन्छ । त्यस्तै स्मार्ट फोनहरुको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेको हुँदा १० प्रो प्लस फाइभजी ड्रप रेसिस्टान्ट पनि छ ।
१०८० को मिडिया टेक डाइमेन्सिटी सिपियु भएको यस रियलमी १० प्रो प्लस फाइभजी मा गेमर्सहरुको लागि विशेष गरी फोरडी गेम भाईब्रेसन मोटर पनि राखिएको छ । सफ्टवेयरको कुरा गर्दा यसमा लेटेस्ट एन्ड्रोइड १३ र यु आइ ४.० रहेको छ । यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ बाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्री रहेको छ ।
Specifications
Dimension |
161.5×73.9×7.78mm; 173g |
Display |
6.7-inch AMOLED, 120Hz, 10-bit, 800 nits, HDR 10+, 2160Hz high-frequency dimming |
Resolution |
Full HD+ (2412 x 1080 pixels) |
Processor |
MediaTek Dimensity 1080 (6nm) |
Memory |
8/12GBGB LPDDR4X RAM with 128GB/256GB storage |
OS |
realme UI 4.0 based Android 13 |
Rear Camera |
Triple 108MP main – 8MP ultra-wide – 2MP macro |
Front Camera |
16MP front-facing |
Biometrics |
In-display fingerprint sensor |
Battery |
5000mAh, 67W SUPERVOOC Charging |
Audio |
Stereo Speakers |
Colors |
Sea Blue, and Starlight (White) |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया