कर्पोरेट

'होण्डाको दशैंको शुभ लाभ' को विजेता घोषणा

इकागज |
मंसिर २८, २०७९ बुधबार १७:५२ बजे

फाइल तस्वीर

काठमाडौं- नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार योजना अन्तर्गत 'होण्डाको दशैंको शुभ लाभ' को विजेताहरु घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले, रु ७ लाख र बम्परमा लक्की ड्र मार्फत रु १५ लाख नगद उपहार प्राप्त गरेका छन् । 

'होण्डाको दशैंको शुभ लाभ' योजना अन्तर्गत प्रदेश १ बाट सत्य साइ अटो सिटी प्रा.लि. की दुर्गादेवी सापकोटा, प्रदेश २ बाट मिसिका इन्टरप्राइजेजका अमितकुमार शाह, प्रदेश ३ बाट एसटिसी टेकुकी मनिषा बज्राचार्य, प्रदेश ४ बाट कुँवर ब्रदर्सका कृष्णकुमार आले, प्रदेश ५ बाट अमृत इन्टरनेशनल प्रा.लि.का विष्णु पोखरेल, प्रदेश ६ बाट डाँफे अटोपाटर्स एण्ड सप्लायर्सकी सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेड्रसका लक्ष्मण भट्टले रु. १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसै गरी चन्द्र बहादुर थापा सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. ले बम्पर उपहार रु. १५ लाख प्राप्त गरेको छ, र साथ साथै, फाइनान्समा खरिद गर्नुभएको ग्राहकहरूलाई पनि बम्पर लक्की ड्र मा सामेल गरिएको छ । 



Author

थप समाचार
x