कर्पोरेट

नेपाल टेलिकमको डाटा, भ्वाइस, तथा एसएमएस प्याक खल्ती माेवाइल वालेटबाटै किन्न सकिने

इकागज |
बैशाख १४, २०७८ मगलवार १४:४९ बजे

काठमाडौं : नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएकाे छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूकाे माेवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ । नेपाल टेलिकमकाे प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने छ । यसरी नेपाल टेलिकमकाे विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन्  ।  नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झाैता भएकाे । सम्झाैतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे। 

खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमकाे डाटा प्याकलाइ माेबाइल एपमै ल्याएका बताउँछन् । ‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनलेे भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न काेडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलाे भएकाे छ ।’ नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् । 


खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । 'खल्ती' वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। 'खल्ती'का १७ लाख भन्दा बढि प्रयोगकर्ताहरु छन् ।

कसरी डाउनलोड गर्ने 'खल्ती' एप ?

'खल्ती' एप खल्ती.कम/एप्स  बाट डाउनलोड गर्न सकिन्छ । याे एप प्ले स्टोर वा एप स्टोरमा समेत उपलब्ध रहेको भुक्तानी सेवा प्रदायक खल्तीले जनाएको छ । 


Author

थप समाचार
x