टिसिएलले नेपालमा भित्र्यायो गुगल टिभी, यस्ता छन् विशेषता
काठमाडौँ- एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गुगल टि.भी, प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मदत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगई होम स्क्रीनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन् । गुगल टिभीको प्रारम्भिक सेटअपपछि प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् ।
कम्पनीका अनुसार होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ । टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरू भन्दा एक कदम अगाडि छ किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु रहेको छ ।
यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्ने कम्पनीले जनाएको छ ।
हालै टिसिएलले पी७३५ फोरके एचडिआर गुगल टिभीसँग क्यामेरा (७३ इन्च, सी७३५ क्यूएलइडी फोरके गुगल टिभी (६५र५५ इन्च) र पी६३५ फोरके एचडिआर गुगल टिभी (५५,६५,५० र ४३ इन्च) गरी तीन प्रकारका गुगल टिभी बजारमा ल्याएको छ ।
नेपालभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ । यसका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, वसुन्धरा, जोरपाटी, राधे राधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया