कर्पोरेट

सेञ्चुरी बैंकका ग्राहकलाई काठमाण्डौं क्यान्सर सेन्टरमा छुट

इकागज |
पुस १, २०७९ शुक्रबार १५:२८ बजे

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई काठमाण्डौं क्यान्सर सेन्टरले उपचारमा छुट दिने भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्डौं​ क्यान्सर सेन्टर, चाँगुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 


काठमाण्र्डौ क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष  अन्जनीकुमार झा र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख श्री दिपेन्द्रबाबु विष्टले  सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  


Author

थप समाचार
x