एलजीका विभिन्न उपकरणहरूको जानकारी दिन ‘एयर सोलुसन्स सम्मेलन’
काठमाडाैं - एलजीले एयर सोलुसन्स सम्मेलन समापन गरेको छ । गत शुक्रबार होटल एलफ्टमा सम्मेलन समापन गरेको हो । सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो । यस क्षेत्रका सम्बन्धित व्यवसायमा रहेकाहरूलाई एलजीका विभिन्न उपकरणहरुको बारेमा जानकारी गराउने उद्देश्यका साथ यो सम्मेलन गरिएको थियो ।
यो सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो । जसअन्तर्गत पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिएका थिए । साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए ।
यस कार्यक्रमको मुख्य एलजी बिजनेश सोलुसन्स अन्तर्गत मल्टी भिआरएफ, एयर प्यरिफायर, डिहिमिडिफायर, राउन्ड क्यासेट एसी, इन्टरएक्टिभ डिस्प्ले, डिजिटल सग्ने मुख्य आकर्षण रहेका थिए ।
सम्मेलनको दोस्रो सत्रमा ‘ऊर्जा दक्षतामा प्रविधिको भुमिका' शीर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, एचभिएसी कन्सल्टेन्ट रविन्द्रनाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टर का सहायक डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभुतीमान सिंह, एल.जी. कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ती राखेका थिए ।
चौधरी ग्रुपले एलजीसँग तीन दशक भन्दा बढी व्यवसायिक सहकार्य गर्दै आइरहेको छ । साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढी देखी पनि गर्दै आइरहेको जानकारी रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया