कर्पोरेट

मलेसियाबाट १४ हजार पठाएकी बेलीमायालाई आइएमईको १० लाखको चेक

इकागज |
पुस ५, २०७९ मंगलबार १६:१६ बजे

काठमाडौँ –  आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्बत जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । 

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।


मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएकी तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेकी हुन् ।  मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । 

आइएमई लिमिटेडका बारेमा :
आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । 

 


Author

थप समाचार
x