क्लासिक टेक पब्लिक कम्पनीमा जाने अन्तिम तयारीमा, आइपीओ जारी गर्ने
फाइल तस्वीर
काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा. लि. पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरेको छ । कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरुका लागि सेयर (आईपीओ) जारी गर्नेछ। क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । हाल सम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखा बाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया