कर्पोरेट

एनएमबि बैँकका ग्राहकहरुलाई स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट

इकागज |
पुस ६, २०७९ बुधबार १२:२३ बजे

फाइल तस्वीर

काठमाडौँ- एनएमबि बैँक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्राहकहरूले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरेका छन् । अत्याधुनिक बैँकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी सहकार्य गरेको हो ।


बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको एनएमबि भिसा कार्ड  डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
 


Author

थप समाचार
x